- >> मदेशमा छरिएर रहेका ससाना पूँजी तथा सीपलाई एकत्रित गरी सहकारीताको माध्यमवाटआफ्नोआवश्यकता आफै पूरा गर्ने प्रकारका स्थानीय आर्थिक क्रियाकलाप वृद्धि गर्न सहकारी मूल्य, मान्यता रसिद्धान्त अनुरुप सहकारी संघ÷संस्थाहरुको स्थापना हुने वातावरण तयार गर्ने,
- >> सीमान्त वर्गको वाहुल्यता रहेको दर्गम क्षेत्रसम्म आर्थिक,सामाजिक तथा साँस्कृतिक विकासको आधारकोरुपमा सहकारी प्रणालीलाई पवर्द्धन गर्ने,
- >> सहकारी प्रणालीलाई स्थानीय स्तरमा कृषि तथा गैह्र कृषिजन्य वस्तु तथा सेवाहरुको व्यावसायिकरण गर्नेमाध्यमको रुपमा विकास गर्ने,
- >> सहकारी अभियानलाई विधिसम्मत र सिद्धान्तनिष्ठ ढंगवाट संचालन गर्न सम्वन्धित पक्षलाई अभ्रिपेरित गर्ने, गरीवी निवारणको राष्टीय लक्ष्य प्राप्तिका लागि प्रभावकारी संस्थागत संयन्त्रको रुपमा सहकारीसंघ÷संस्थाहरुलाई परिचालन गर्ने
|
|